English
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम
  • पाख्रीबास, धनकुटा
परिचय

नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगत पाख्रीबास नगरपालिका धनकुटामा रहेको यस राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले मुख्यत बंगुरको उत्पादन तथा उत्पादकत्व बढाउनको लागि आवश्यक अनुसन्धान गरि उपयुक्त प्रविधिहरुको विस्तार गर्नुको साथै अनुसन्धानको क्रममा उत्पादित उन्नत नश्लका बंगुरका पाठापाठी कृषकहरुको जीवनस्तर उकास्नको निमित्त वितरण गर्दै आएको छ ।

माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री एवं अध्यक्ष नेपाल कृषि अनुसन्धान परिषद्को अध्यक्षतामा मिति २०७८ वैशाख १२ गते बसेको नेपाल कृषि अनुसन्धान परिषद्को ६१ औं “परिषद्” बैठकले बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटार, ललितपुर बाट नयाँ नामकरण तथा स्थानान्तरणको निर्णय अनुसार २०७८ श्रावण १ गते देखि राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाख्रीबास, धनकुटाको सुभारम्भ गरेको हो ।

लक्ष्य

बंगुरको उत्पादन तथा उत्पादकत्व वृद्धि गरि कृषकहरुको आय आर्जन अभिवृद्धि गराई जीवनस्तर सुधार्नु

उद्देश्य

  • बंगुर सम्बन्धि उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने ।
  • बंगुर क्षेत्रका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने ।
  • राष्ट्रिय कृषि नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पुर्याउने ।